Now you can Subscribe using RSS

Submit your Email
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, January 10, 2018

सिक्दैछु

Rameshwor Nepal
. को मान्छे कस्तो हो  जाँच्न सिक्दैछु,
तिम्रो माया मुटु भित्र साँच्न सिक्दैछु !
.
अतितलाई सम्झिएर उदास अब छैन,
मर्काएर  कम्मर पनि  भाँच्न सिक्दैछु!!
.
रोएर त धेरै कटाएं अमूल्य समयहरु,
मुस्कुराएर यो जीवन बाँच्न सिक्दैछु!!
.
तिमी आए देखि जीवन रंगमय भयो,
हाँसी  खुशी  रमाएर  नाच्न सिक्दैछु !!
. म रोको देखेर हाँस्ने धेरै देखें तेसैले, निच्च दाँत देखाएर हाँस्न सिक्दैछु!!
.
लेखक✍
Sanदेश Twitter @Jr_Sandesh

Tuesday, December 26, 2017

हुनुपर्छ

Rameshwor Nepal
.

हरेकको आफ्नो छुट्टै  प्रभाव हुनुपर्छ !
साथीभाईमा समान सदभाव हुनुपर्छ !!

कसैलाई मेहनती बनाउन नि केवल,
उस्लाई केई कुराको अभाव हुनुपर्छ !!

मान्छेले  खराब काम  यतिकै गर्दैन,
बुझ्नु पर्छ, उ कसैको दवाब हुनुपर्छ !!

सहि र गलतको बिकल्प सधै हुन्छ,
तर सधैँ सहिकै मात्र चुनाव हुनुपर्छ !!

प्रश्न त अनेक आउछन् जिन्दगीमा,
तर सर्वमान्य हाम्रो जवाफ हुनुपर्छ !!

लेखक✍
Sanदेश Twitter @Jr_Sandesh

Tuesday, November 28, 2017

छैन!

Rameshwor Nepal
...........
खालिभयाे जिन्दगि मनमा कुनै रहर छैन,
हप्ताैभयाे उस्काे मलाई कुनै खबर छैन!
...........
अरुले त भन्थे धाेका र पीडा हुन्छ प्रितमा,
अझै नि उबिना मेरा लागि कुनै सफर छैन!!
...........
तिमी आफै भन मेरी प्रिय!दुनियाँमा केछ,
जस्मा दुख अनि पिडाकाे कुनै असर छैन!
...........
शंकालाई त्यागिदेउ अब त मेरि प्रियसि,
प्रेमबाहेक संसारमा अरु कुनै अमर छैन!!
............
गजलकार ✍✍
 Twitter @ImRameshwor

Monday, November 27, 2017

आज

Anonymous
____༺•~°गजल°~•༻____

मायाको संसारमा पाईला टेकेँ आज !
तेई मायाको  रापमा हात सेकेँ आज !!

विपनामा  त देख्न  पाएको  छैन तर,
राती सपनामा  तिमीलाई देखेँ आज !!

सपनामै  भए पनि मेरी  मायालुलाई,
रातो  गुलाव दिन  बाटो छेकेँ  आज !!

याद त तिम्रो  हरपल आउने गर्छ तर.
तिमीलाई सम्झी  गजल लेखेँ आज !!

गजलकार ✍
Sanदेश Twitter @Jr_Sandesh

नेताहरु

Anonymous
༺•~°गजल°~•༻

बिकास  गर्नमा जैले  चुक्ने नेताहरु॥
भाषणमा मात्रै  सधै भुक्ने  नेताहरु॥

अरु बेलाँ कसै लाई बाल दिन्नन तर॥
भोट माग्ने बेलामाचै झुक्ने नेताहरु॥

चुनाब नजितिएला जस्तो भोभने चै॥
बुथ  कब्जा गर्न लाई ढुक्ने  नेताहरु॥

जनताको खुट्टा ढोगी  दोगी जित्छन्॥
अनि मुसाको दुलोमा लुक्ने नेताहरु॥

गजलकार:
🌟ѕυℜaj_sнℜཇѕтнa 🌟 Twitter @razza652

Saturday, November 25, 2017

भेटिन

Anonymous
༺•~°गजल°~•༻
.
मैले  सोचे जस्तो यो  संसार भेटिन !
र बाच्नै पर्ने कुनै केई अाधार भेटिन !!
.
बिर्सिन  सक्छु  संसार र आफुलाई,
तर तिम्रो याद मेट्ने  आैजार भेटिन !!
.
मायामा दुबेर सपना त धेरै देखें मैले,
तर ती सपनाको कुनै आकार भेटिन !!
.
म कथा लेख्न चाहान्थे तिम्रो र मेरो,
आफै कथा बनेँ तर कथाकार भेटिन !!

गजलकार:
Sanदेश Twitter @Jr_Sandesh