Now you can Subscribe using RSS

Submit your Email
आफै विचार्नुस त मान्यवर!
खुट्टा ताने सदैव दुश्मन नै हुन्छन भन्ने छैन नि हजुर
आजभोली त 'पाउ' परेझै गरेर 'दाउ' लाउनेको जमाना छ
त्यसैले सजक रहनुहोला भन्नुहुन्छ मान्यवर!
23 Oct 2017
थोपा थोपामा...
अन्धकार बढ्दैछ!
थोपा थोपामा..
23 Oct 2016
तिमी गए देखि
उदास-उदास छ जिन्दगी तिमी गए देखि
बेकार-बेकार छ सफर तिमी गए देखि !
हांस्नलाइ ओठ खोल्दा रसाउँछ्न आँखा
निरास-निरास छ प्रहर तिमी गए देखि !!
23 Oct 2016
प्रिय! एक पटक सम्झेर हेर त !!
मेराे जिस्काईमा तिमी लजाउँथ्याै अनि म तिम्राे मुस्कानमा हराउँथें !!
एक 💑💑 अापसमा हराएका ती पलहरु साँच्चै कत्ति अविश्मरणिय छन् है??
11 Sep 2016

Wednesday, January 10, 2018

सिक्दैछु

Rameshwor Nepal
. को मान्छे कस्तो हो  जाँच्न सिक्दैछु,
तिम्रो माया मुटु भित्र साँच्न सिक्दैछु !
.
अतितलाई सम्झिएर उदास अब छैन,
मर्काएर  कम्मर पनि  भाँच्न सिक्दैछु!!
.
रोएर त धेरै कटाएं अमूल्य समयहरु,
मुस्कुराएर यो जीवन बाँच्न सिक्दैछु!!
.
तिमी आए देखि जीवन रंगमय भयो,
हाँसी  खुशी  रमाएर  नाच्न सिक्दैछु !!
. म रोको देखेर हाँस्ने धेरै देखें तेसैले, निच्च दाँत देखाएर हाँस्न सिक्दैछु!!
.
लेखक✍
Sanदेश Twitter @Jr_Sandesh

Tuesday, December 26, 2017

हुनुपर्छ

Rameshwor Nepal
.

हरेकको आफ्नो छुट्टै  प्रभाव हुनुपर्छ !
साथीभाईमा समान सदभाव हुनुपर्छ !!

कसैलाई मेहनती बनाउन नि केवल,
उस्लाई केई कुराको अभाव हुनुपर्छ !!

मान्छेले  खराब काम  यतिकै गर्दैन,
बुझ्नु पर्छ, उ कसैको दवाब हुनुपर्छ !!

सहि र गलतको बिकल्प सधै हुन्छ,
तर सधैँ सहिकै मात्र चुनाव हुनुपर्छ !!

प्रश्न त अनेक आउछन् जिन्दगीमा,
तर सर्वमान्य हाम्रो जवाफ हुनुपर्छ !!

लेखक✍
Sanदेश Twitter @Jr_Sandesh

Tuesday, November 28, 2017

छैन!

Rameshwor Nepal
...........
खालिभयाे जिन्दगि मनमा कुनै रहर छैन,
हप्ताैभयाे उस्काे मलाई कुनै खबर छैन!
...........
अरुले त भन्थे धाेका र पीडा हुन्छ प्रितमा,
अझै नि उबिना मेरा लागि कुनै सफर छैन!!
...........
तिमी आफै भन मेरी प्रिय!दुनियाँमा केछ,
जस्मा दुख अनि पिडाकाे कुनै असर छैन!
...........
शंकालाई त्यागिदेउ अब त मेरि प्रियसि,
प्रेमबाहेक संसारमा अरु कुनै अमर छैन!!
............
गजलकार ✍✍
 Twitter @ImRameshwor

Monday, November 27, 2017

༺~°आमा:कविता°~༻

Anonymous
कल्प बृक्षको रुप हौ तिमी आमा !
आँखामा नबिझाउने  तिमी आमा !!
सदाबहार छ तिम्रो जीवनमा यहाँ,
सधैं प्रेरणा  श्रोत हौ  तिमी आमा !!

असहय दुख कष्ट सहने तिमी आमा !
त्यागको प्रतिमुर्ति बन्यौ तिमी आमा !
सन्तानको नै पेट भर्नको  लागि मात्र,
निकै वाध्यतामा बाच्यौ तिमी आमा !!

लेखक✍
Sanदेश Twitter @Jr_Sandesh

आज

Anonymous
____༺•~°गजल°~•༻____

मायाको संसारमा पाईला टेकेँ आज !
तेई मायाको  रापमा हात सेकेँ आज !!

विपनामा  त देख्न  पाएको  छैन तर,
राती सपनामा  तिमीलाई देखेँ आज !!

सपनामै  भए पनि मेरी  मायालुलाई,
रातो  गुलाव दिन  बाटो छेकेँ  आज !!

याद त तिम्रो  हरपल आउने गर्छ तर.
तिमीलाई सम्झी  गजल लेखेँ आज !!

गजलकार ✍
Sanदेश Twitter @Jr_Sandesh